logo

२०८३ मंसिर ५ शुक्रबार

logo
  • २०८३ मंसिर ५ शुक्रबार
  • नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा

    883Shares
    नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा

    काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२ अंकले वृद्धि हुँदै २६२८.६७ विन्दुमा पुगेर बन्द भएको हो ।

    आज ३४७ कम्पनीका ९४ लाख ३७ हजार ८४२ कित्ता शेयर खरिदबिक्री हुँदा कुल ३ अर्ब ८७ करोड ७६ लाख ४५ हजार ७२८ रुपैयाँको कारोबार भएको छ ।

    कारोबारमा विकास बैंक, जलविद्युत्, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बीमा र अन्य समूहका सूचक घटेका छन् । बाँकी समूहका शेयरमूल्यमा वृद्धि भएको छ ।

    आज बोटलर्स नेपाल लिमिटेडको शेयरमूल्य सबैभन्दा बढी ६ प्रतिशतले बढेको छ । त्यस्तै, बोटलर्स नेपाल (तराई) को शेयरमूल्य ५.६३ प्रतिशतले वृद्धि भएको छ । यता एभरेष्ट कलरको शेयरमूल्य सबैभन्दा बढी ५.४५ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको १६ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, पिपुल्स हाइड्रोपावरको १५ करोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।



    फास्ट न्युज    
  • २०८३ मंसिर ४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट