logo

२०८३ मंसिर ५ शुक्रबार

logo
  • २०८३ मंसिर ५ शुक्रबार
  • राखेपले एन्फामाथिको प्रतिबन्ध फुकुवा गर्‍यो

    862Shares
    राखेपले एन्फामाथिको प्रतिबन्ध फुकुवा गर्‍यो

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनसहित प्रशासनिक तथा आर्थिक प्रतिबन्ध फुकुवा गरेको छ ।

    राखेपको कार्यकारी समितिले बिहीबार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ (३) बमोजिम प्रतिबन्ध हटाउने निर्णय गरेको हो । राखेपले पत्रमार्फत एन्फालाई उक्त निर्णयबारे जानकारी गराएको छ ।

    गत चैतमा एन्फाले निर्धारित समयभन्दा अगाडि निर्वाचन गर्ने प्रयास गरेपछि संघभित्र विवाद सुरु भएको थियो । त्यसपछि राखेपले असारमा एन्फामाथि प्रतिबन्ध लगाएको थियो । सरकारी हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले पनि सन् २०२६ जुन २४ मा एन्फालाई निलम्बन गरेको थियो ।

    प्रतिबन्ध फुकुवा गर्ने निर्णयबारे राखेपले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय, फिफा र एसियाली फुटबल महासंघ (एएफसी) लाई समेत जानकारी गराएको छ ।

    यसैबीच, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल आज थाइल्यान्डमा हुने एएफसीको बैठकमा सहभागी हुँदै छन् । सोही क्रममा उनले एन्फामाथिको प्रतिबन्ध फुकुवाका विषयमा छलफल गर्न एएफसी र फिफाका प्रतिनिधिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    मन्त्रीको उक्त भेटवार्ताअघि सकारात्मक वातावरण निर्माण गर्ने उद्देश्यले राखेपले एन्फामाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको बताइएको छ ।



    फास्ट न्युज    
  • २०८३ मंसिर ४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट