logo

२०८३ कार्तिक २९ शनिबार

logo
  • २०८३ कार्तिक २९ शनिबार
  • सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशद्वारा शपथ ग्रहण

    952Shares
    सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशद्वारा शपथ ग्रहण

    काठमाडौं । सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नै चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका थिए ।

    नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् ।

    शपथ लिने नवनियुक्त न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन् ।



    फास्ट न्युज    
  • २०८३ कार्तिक २८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट