logo

२०८३ आश्विन २५ आईतवार

logo
  • २०८३ आश्विन २५ आईतवार
  • बूढीगण्डकी बाढीको वितण्डा: पक्की र झोलुङ्गेसहित ७ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    748Shares
    बूढीगण्डकी बाढीको वितण्डा: पक्की र झोलुङ्गेसहित ७ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    काठमाडौँ — गोरखाको बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीले जिल्लाको उत्तरी क्षेत्रका भौतिक पूर्वाधार र बस्तीहरू सोतसुत्त पारेको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार लेदोसहितको भीषण बाढीले २ वटा पक्की (मोटरेबल) पुल, १ वटा बेलिब्रिज र ४ वटा झोलुङ्गे पुल गरी ७ वटा पुल बगाएको छ। बाढीमा परेर कम्तीमा १० जना सर्वसाधारण सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजी कार्य तीव्र पारिएको छ।
    बाढीले आरुघाट र धादिङको त्रिपुरासुन्दरी जोड्ने पक्की पुल तथा आरुघाटको सोती र मान्बु जोड्ने अर्को पक्की पुल बगाएको छ। यस्तै, धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिज पनि नदीले ढालेको छ। ग्रामीण भेगलाई जोड्ने माछाखोला–केरौँजा, चुमनुब्रीको ठाडो भर्याङ–जगत् र सिर्दिबासको घट्टेखोला–फिलिम जोड्ने महत्वपूर्ण ४ वटा झोलुङ्गे पुलहरू पनि बाढीले बगाएपछि उत्तरी गोरखाको आवागमन ठप्प भएको छ।

    बस्तीहरू सखाप, आरुघाटसम्म उच्च जोखिम
    बाढीको तीव्र बहावले चुमनुब्री गाउँपालिका–३ को पैयुँ र बगर गाउँका करिब ३५ वटा घर र पर्यटकीय होटलहरू बगाएको छ। यसका साथै जगत्, सल्लेरी, दोभान र घट्टेखोला गाउँका नदी तटीय बजार एवं बस्तीहरूमा ठूलो क्षति पुगेको छ। पुलहरू बगेपछि तल्लो र माथिल्लो तटीय क्षेत्रको जमिन मार्ग विच्छेद भएको छ। प्रशासनले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन पुनः आग्रह गरेको छ।



    फास्ट न्युज    
  • २०८३ आश्विन २५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट