logo

२०८३ भाद्र १९ शुक्रबार

logo
  • २०८३ भाद्र १९ शुक्रबार
  • मुलुकभर २६ लाख ४५ हजार किसान परिवार सूचीकृत

    919Shares
    मुलुकभर २६ लाख ४५ हजार किसान परिवार सूचीकृत

    काठमाडौं । देशभर हालसम्म २६ लाख ४५ हजार किसान परिवार सूचीकृत भएका छन्। कृषि सूचना तथा प्रशिक्षण केन्द्रका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म २४ लाख ५० हजार किसान परिवार सूचीकृत गर्ने लक्ष्य रहेकामा लक्ष्यभन्दा बढी किसान सूचीकरण गरिएको हो।

    खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ अनुसार सञ्चालन गरिएको राष्ट्रिय किसान सूचीकरण अभियानअन्तर्गत हालसम्म कुल किसान परिवारको करिब ६४ प्रतिशत सूचीकृत भइसकेका छन्। कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी आर्थिक वर्षदेखि किसान वर्गीकरणसहित किसान परिचयपत्र वितरणको तयारी पनि अघि बढाएको जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ असार २२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट