जनकपुर । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्तिम महिना असारमा खर्चको गति उल्लेख्य रूपमा बढाएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार असार १८ गतेसम्म प्रदेश सरकारले कुल १३ अर्ब २९ करोड ६६ लाख रुपैयाँ खर्च गरेको छ, जुन कुल विनियोजित बजेटको २८.३० प्रतिशत हो।
जेठ मसान्तसम्म २१.२४ प्रतिशत मात्रै खर्च भएको अवस्थामा असार सुरु भएयता मात्र १८ दिनमा थप ३ अर्ब ३२ करोड रुपैयाँ खर्च भएको तथ्याङ्कले देखाएको छ। यससँगै पुनः ‘असारे खर्च’ को प्रवृत्ति दोहोरिएको भन्दै बजेट कार्यान्वयन, खर्चको गुणस्तर, पारदर्शिता तथा सरकारी संयन्त्रको कार्यक्षमतामाथि प्रश्न उठ्न थालेका छन्।
मन्त्रालयगत रूपमा अर्थ मन्त्रालयले सबैभन्दा बढी ५३.७१ प्रतिशत बजेट खर्च गरेको छ भने खेलकुद तथा समाज कल्याण मन्त्रालयको खर्च सबैभन्दा कम ९.९३ प्रतिशत रहेको छ। प्रदेश सरकारले असार २५ गतेसम्म विभिन्न योजना तथा कार्यक्रमको भुक्तानी जारी रहने जनाएको छ, जसका कारण आगामी दिनमा खर्चको प्रतिशत अझै बढ्ने अनुमान गरिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया