logo

२०८३ भाद्र १९ शुक्रबार

logo
  • २०८३ भाद्र १९ शुक्रबार
  • भन्सार छलीका अवैध सामान बरामद

    1.1KShares
    भन्सार छलीका अवैध सामान बरामद

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छलेर अवैध रूपमा भारतीय सीमा नाकाबाट ल्याइएका सामानहरू बरामद गरेको छ। जिल्लाका विभिन्न स्थानमा खटेको प्रहरीले टोलीले सोमबार दुई लाख ८२ हजार ७ सय ९० रुपैयाँ बराबरको अवैध चोरी पैठारी गरेर ल्याएका सामानहरू बरामद गरिएको हो।
    बरामद गरिएका सामानहरू आवश्यक कारबाहीका लागी भैरहवा भन्सार कार्यालय बेलहिया बुझाइएको प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी मनोहर प्रसाद भट्टले जानकारी दिए।
    साडी, कुर्था सुरुवाल, दौरा सुरुवाल, कोट पाइन्ट, चिनी, प्याज लगायत सामग्रीहरू बरामद गरिएको छ। प्रहरीले रोहणी गाउँपालिका-२ निवासी राजमन हरिजन र सोही गाउँपालिका-७ निवासी सुरज यादवलाई नियन्त्रण गरेको छ।



    फास्ट न्युज    
  • २०८१ असार २५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट