logo

२०८३ जेष्ठ १३ बुधबार

logo
  • २०८३ जेष्ठ १३ बुधबार
  • नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै

    778Shares
    नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै

    काठमाडौं । नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ ।खेलमा दुवै टोली विजयी सुरुआतको खोजिमा छन् । यी दुईले समूह ‘ए’को पहिलो खेल खेल्न लागेको हुन् ।

    नेपाल प्रतियोगिताको ६ पटकको उपविजेता हो । नेपालले फाइनलमा अन्तिम समय सम्हालिन नसक्दा सन् २०१०, सन् २०१२, २०१४, २०१९, २०२२ र २०२४ को संस्करणमा उपविजेता बनेको थियो ।

    साफ च्यम्पियनसिपमा नेपालले हालसम्म भुटानसँग हारको सामना गर्नुपरेको छैन । यी दुईबीच अहिलेसम्म पाँच खेल भएका छन् । जसमा नेपालले चार खेल आफ्नो पक्षमा पारेको छ ।

    प्रतियोगितामा नेपालले भुटानविरुद्ध २३ गोल गर्दा एक गोल पनि व्यहोरेको छैन ।यी दुईले पहिलोपटक सन् २०१४ को साफ च्याम्पियनसिपमा एक अर्काको सामना गरेका थिए । उक्त खेलमा नेपाल ८–० ले विजयी भएको थियो ।

    सन् २०१६ मा पनि नेपाल ६–० ले नै विजयी भएको थियो । नेपालले सन् २०१९ मा ३–० र २०२२ मा ४–० को जित निकालेको थियो । सन् २०२४ को पछिल्लो संस्करणमा भने यी दुईले गोलरहित बराबरी खेलेका थिए ।

    यी दुईबीचको खेल भारतको गोवास्थित जवहारलाल नेहरु रंगशालामा नेपाली समयानुसार दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ ११, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट