टीकापुर। सशस्त्र प्रहरी बल उग्रतारा गण, भन्सार राजस्व तथा औद्योगिक तालिम केन्द्र टीकापुरमा नियमित दौडका क्रममा सात जना प्रहरी जवान बेहोस भएका छन् ।
शुक्रबार बिहान ६ बजे नियमित दौडका क्रममा बेहोस भएका सातै जनालाई उपचारका लागि टीकापुर अस्पतालमा भर्ना गरिएको थियो ।‘हिट स्ट्रोक’ का कारण उनीहरूको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि बाहिर पठाउने तयारी गरिएको छ । त्यसका लागि नेपाली सेनाको हेलिकोप्टर उद्धारका लागि टीकापुर पुगेको छ ।
स्रोतका अनुसार प्रहरी जवानहरूलाई दुई–दुई जनाका दरले सुर्खेत लगिने र त्यहाँबाट ठूलो हेलिकोप्टरमार्फत एकैपटक काठमाडौँ लैजाने तयारी गरिएको छ ।
पहिलो चरणमा दुई जनालाई बोकेर बिहान १०ः४५ बजे हेलिकोप्टर टीकापुरबाट उडेको छ । टीकापुर क्षेत्रमा पछिल्ला केही दिनयता अत्यधिक गर्मी बढेको छ । दिउँसो तापक्रम ४० डिग्री सेल्सियस आसपास पुग्ने गरेको बताइएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया