हेटौडा । बागमती प्रदेशको बजेट अधिवेशन आगामी जेठ ११ गतेदेखि सुरु हुने भएको छ। प्रदेश मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले प्रदेश सभाको बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम, बजेट तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यले अधिवेशन बोलाउने तयारी गरिएको हो।
संवैधानिक व्यवस्था अनुसार प्रदेश प्रमुखबाट अधिवेशन आह्वान भएपछि मात्र प्रदेश सभाको बजेट अधिवेशन औपचारिक रूपमा सञ्चालन हुने उनले बताए।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया