काठमाडौँ । सुनसरीको धरान–१५ बगरकोटमा भएको झगडाका क्रममा बोतल प्रहार हुँदा ४९ वर्षीय सरू नेम्वाङको मृत्यु भएको छ।
प्रहरीका अनुसार बोतल प्रहारबाट गम्भीर घाइते भएकी नेम्वाङको उपचारको क्रममा मृत्यु भएको हो। घटनाबारे जानकारी दिँदै सुनसरी प्रहरीले उनको निधन भएको पुष्टि गरेको छ।
उक्त घटनामा संलग्न भएको आरोपमा धरान–१५ का ३८ वर्षीय अशोक लिम्बु र ३३ वर्षीय बुद्धबीर लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया