logo

२०८३ जेष्ठ ५ मंगलवार

logo
  • २०८३ जेष्ठ ५ मंगलवार
  • चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत : ताइवान

    709Shares
    चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत : ताइवान

    ताइवानले चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताएको छ । चिनियाँ नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमानवाहक युद्धपोत ल्याओनिङ पठाएको घोषणा गरेसँगै ताइवानले यो प्रतिक्रिया दिएको हो ।

    ताइवानका प्रधानमन्त्री चो जङ्ग–ताईले चीनको निरन्तर सैन्य गतिविधि क्षेत्रीय अशान्ति र अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

    लोकतान्त्रिक रूपमा शासित ताइवानलाई चीनले आफ्नो क्षेत्र मान्दै आएको छ र राजनीतिक दबाव बढाएको छ । यस्तै चीनले ताइवानका राष्ट्रपति लाई चिङ–ते ‘पृथकतावादी’ भएको आरोप लगाउँदै उहाँसँगको वार्तालाई अस्वीकार गर्दै आएको छ ।

    राष्ट्रपति तेले पदभार ग्रहण गरेको दोस्रो वार्षिकोत्सवको पूर्वसन्ध्यामा राजधानी ताइपेईमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ताईले चीनको गतिविधिबारे चिन्ता व्यक्त गर्नुभएको खबरमा उल्लेख छ ।

    चीनले ताइवान स्ट्रेट क्षेत्र, इन्डो–प्यासिफिक क्षेत्र, दक्षिण चीन सागर र जापान वरिपरि पनि विभिन्न स्तर र प्रकारका सैन्य अभ्यासहरू सञ्चालन गरिरहेकोले नेभिगेसन सुरक्षालाई असर गरिरहेको उहाँले बताउनुभयो ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ ५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट