logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • कीर्तिपुरमा साथी-साथीबीच झडप, एक युवकको हत्या

    715Shares
    कीर्तिपुरमा साथी-साथीबीच झडप, एक युवकको हत्या

    काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१०, बोडेटोलमा धारिलो हतियार प्रयोग गरी आज (बुधबार) एक युवकको हत्या भएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार दिउँसो धारिलो हतियार प्रहार गरेर गुल्मीको धुर्कोट गाउँपालिकाका विपिन घिमिरेको हत्या भएको छ ।

    उहाँले भन्नुभयो, “धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका विपिनको मृत्यु भएको छ । हतियार प्रहार गर्नेको पहिचान खुलिसकेको छ । प्रहरीले चाँडै पक्राउ गर्ने छ ।”प्रारम्भिक जानकारी अनुसार साथी–साथीबिच झगडा हुँदा हतियार प्रहार भएको उहाँको भनाइ छ ।



    फास्ट न्युज    
  • २०८३ बैशाख २३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट