logo

२०८३ बैशाख १४ सोमबार

logo
  • २०८३ बैशाख १४ सोमबार
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै , को बन्ला संसदीय दलको नेता ?

    736Shares
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै , को बन्ला संसदीय दलको नेता ?

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र त्यहीँबाट नाम टुङ्ग्याउने तयारी भइरहेको बुझिएको छ ।

    गत फागुनमा सम्पन्न निर्वाचनपछि सांसदहरुले सपथ लिएको एक महिनाभन्दा बढी समय भइसक्दा पनि कांग्रेसले दलको नेता चयन गर्न सकेको छैन । प्रतिनिधिसभामा ३८ जना सांसद रहेको कांग्रेसको संसदीय दलको नेतामा अर्जुन नरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य दाबेदारको रुमा रहेका छन् ।

    कांग्रेस नेताहरुका अनुसार पूर्वसहमहामन्त्री आङ्देम्बेको नाममा सहमति जुट्ने बलियो सम्भावना रहेको छ । उनलाई उपसभापति विश्वप्रकाश शर्मासहित देउवा–कोइराला समूहको पनि साथ रहेको बुझिएको छ । गत शुक्रबार दलको नेता चयनका लागि मतदानको समय निर्धारण गरिएको भए पनि सहमतिका लागि भन्दै स्थगित गरिएको थियो । त्यसै दिन बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमतिमै दलको नेता चयन गर्न उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा समन्वय समिति बनाएको थियो ।

    उपसभापति शर्माले आज उक्त प्रतिवेदन सभापति गगनकुमार थापालई बुझाउँदै छन् । यस्तै, कांग्रेस कार्यसम्पादन समितिको बैठक लगत्तै दिउँसो १ संसदीय दलको बैठक पनि बोलाइएको छ । दलको बैठकबाट दलको नेता चुन्ने कार्यसूची रहेको निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले जानकारी दिए । यस्तै आजै दिउँसो २ बजे केन्द्रीय अनुशासन समितिको बैठक पनि बस्दैछ ।



    फास्ट न्युज    
  • २०८३ बैशाख १४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट