logo

२०८३ असार १ सोमबार

logo
  • २०८३ असार १ सोमबार
  • काठमाडौं क्षेत्र नं १ मा रास्वपाकी रञ्जु दर्शनाको जित

    961Shares
    काठमाडौं क्षेत्र नं १ मा रास्वपाकी रञ्जु दर्शनाको जित

    काठमाडौं ।काठमाडौं क्षेत्र नंबर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०ले जित हासिल गरेको छ । सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने९दर्शना० १५ हजार ४५५ मतसहित विजयी भएकी छन् ।

    ६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी मात्रै रहे । अघिल्ला दुई निर्वाचनमा जित झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरे ।

    यस्तै एमालेका मोहनराज रेग्मीले एक हजार ६१८ मत, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३४५ मत, श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४२६ मत पाएका छन् ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन २२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट