logo

२०८३ असार ४ बिहीबार

logo
  • २०८३ असार ४ बिहीबार
  • आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

    976Shares
    आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

    काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो तराई भागका केही स्थानमा हुस्सु/कुहिरो रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ भने अन्य भागको मौसम सफा रहने छ ।

    कोशी प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी आज राति तराई भूभागका केही स्थानहरूमा बादल लाग्ने छ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने छ र बाँकी भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ माघ २५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट