logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • सुन तोलाको २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार 

    1KShares
    सुन तोलाको २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार 

    काठमाण्डौ – हिजो घटेको सुनको भाउ आज सामान्य बढेको छ । सुन तोलामा ७ सय रुपैयाँले बढेर तोलाको २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँ थियो । अस्ति बुधवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको २ लाख ७८ हजार रुपैयाँ थियो ।

    यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा १ सय ६० रुपैयाँले बढेर तोलाको ५ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ अहिलेसम्मकै उच्च ५ हजार ६ सय ५५ रुपैयाँ थियो ।



    फास्ट न्युज    
  • २०८२ माघ २, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट