logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • कार पल्टिँदा श्रीमानको ज्यान गयो, श्रीमती र छोरा घाइते

    1KShares
    कार पल्टिँदा श्रीमानको ज्यान गयो, श्रीमती र छोरा घाइते

    काभ्रेपलाञ्चोक । बीपी राजमार्ग सडक खण्डको सिन्धुलीको सुनकोशी गाउॅपालिका ६ चैनपुरमा कार पल्टिँदा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

    विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार मंगलबार बिहान आफैं अनियन्त्रित भई सडकदेखि अन्दाजी ४२ फिट तल खसेर दुर्घटना भएको थियो ।

    दुर्घटनामा परी मोरङको विराटनगर उपमहानगरपालिका(१७ का ६५ वर्षिया ओमबहादुर अर्जेलको मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

    कार ओमबहादुरले चलाएका थिए । कारमा सवार उनकी श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र ३१ वर्षीय छोरा निशान्त सवार थिए । उनीहरू दुवै जना घाइते भएका छन् ।

    प्रहरीका अनुसार सुनिताको अवस्था गम्भिर छ भने निशान्तको अवस्था मध्यम रहेको छ । घाइतेहरूको खाल्टे स्थित आत्मिय सामुदायिक अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

     



    फास्ट न्युज    
  • २०८२ कार्तिक ११, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट