काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीका विषयमा आज राजनीतिक दलका नेताहरुसँग छलफल गर्दै छिन् । छलफल आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान गरिएको छ । छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दलका नेताहरुलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गत भदौ २३ र २४ को जेनजी युवा आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भदौ २७ गते गठन भएको थियो । सो सरकारले आगामी फागुन २१ गते आम निर्वाचन गराउने घोषणा गरेको छ ।
पुराना दलहरुप्रति कडा रबैया अपनाएको र चुनावको वातावरण बिथोल्न खोजेको आरोप लागेका बेला प्रधानमन्त्री कार्कीले दलका नेताहरुसँग छलफल गर्न लागेकी हुन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया