logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

    1KShares
    सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

    काठमाडौँ । यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट ९अनुमति० खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिनुभयो ।

    रुट परमिट खुला गरेसँगै अब रुट नलिइन सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउनेछन् । कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी साधनलाई भने सो बन्देज कायमै राखिने भएको छ ।

    रुट परमिट खुला आगामी असोज २२ गतेसम्म कायम रहने अध्यक्ष स्वाँरले बताउनुभयो । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले अनिवार्य रुपमा टिकट लिनुपर्ने महासङ्घले जनाएको छ । यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलरलगायतका ठूला सवारीसाधन आजदेखि पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय यसअघि नै सरकारले गरिसकेको छ ।



    फास्ट न्युज    
  • २०८२ आश्विन ६, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट