logo

२०८३ असार ४ बिहीबार

logo
  • २०८३ असार ४ बिहीबार
  • अफगानिस्तानमा भुकम्पबाट मर्नेको सँख्या ८ सय नाघ्यो

    1KShares
    अफगानिस्तानमा भुकम्पबाट मर्नेको सँख्या ८ सय नाघ्यो

    काठमाडौं।अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या ८ सय बढी पुगेको छ।भूकम्पमा परी ८०० जना भन्दा बढीले ज्यान गुमाएको र २५०० भन्दा बढी घाइते भएको न्यूयोर्क टाइम्सले जनाएको छ। यो संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।आइतबार राति ११:४७ बजे नांगरहार प्रान्तको जलालवाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्र बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो।

    केन्द्र रहेको सहरमा २ लाख मानिस बस्थे तर भूकम्पबाट सबैभन्दा धेरै क्षति जलालवादको उत्तरी प्रान्त कुनारमा भएको छ। जहाँ ढुंगा र माटोले बनेका घरहरू थिए।

    भूकम्प प्रभावित क्षेत्र दुर्गम र पहाडी इलाकामा रहेकाले मृतकको संख्या बढ्न सक्ने भनिएको छ। त्यहाँका अधिकांश घरहरू भूकम्प प्रतिरोधी संरचना नभएकाले क्षति बढेको बताइएको छ।

    सन् २०२२ मा पनि ५.९ को भूकम्प जाँदा कम्तिमा एक हजार ३०० जनाले ज्यान गुमाएको संयुक्त राज्यसंघको तथ्यांक छ।
    भूकम्पको धक्का केन्द्रबिन्दुबाट २ सय किलोमिटर टाढाको काबुल र झन्डै ४०० किलोमिटर टाढा रहेको पाकिस्तानको राजधानी इस्लामावादसम्म महसुस भएको थियो।

    ६ म्याग्निच्युड कम्पनपछि ४.५ देखि ५.२ तीव्रताका कम्तीमा तीन पराकम्प पनि आएका थिए।



    फास्ट न्युज    
  • २०८२ भाद्र १६, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट