logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक चिकित्सकको ज्यान गयो

    1KShares
    कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक चिकित्सकको ज्यान गयो

    चितवन । कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जना डाक्टरको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक डा विप्लव भट्ट रहेका छन् ।

    आज बिहान १ः३० बजे भरतपुर महनानगरपालिका–१० रमाइलो चोकबाट विशालचोकतर्फ जाँदै गरेको बा१५च ४६९३ नम्बरको कार आफैँ अनियन्त्रित भई रुखमा ठोक्किएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार कार रुखमा ठोक्किँदा भरतपुर महानगरपालिका–२ बस्ने कार चालक भट्ट घाइते भएका थिए । घाइते भट्टको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा आज बिहान मृत्यु भएको हो । -रासस



    फास्ट न्युज    
  • २०८२ भाद्र १४, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट