logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • रिहाइका लागि रवि लामिछानेले उच्च अदालत तुलसीपुरमा दिए निवेदन

    925Shares
    रिहाइका लागि रवि लामिछानेले उच्च अदालत तुलसीपुरमा दिए निवेदन

    काठमाडौं । सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएका छन्।

    आफ्नो भागको बिगो बराबर धरौटी बुझाउँदा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि लामिछानेले सोमबार उच्च अदालतमा निवेदन दिएका हुन्। उनको निवेदनमा आगामी बुधबार ९११ भदौ० मा पेसी तोकिएको छ।

    यसअघि उनले आफ्नो भागको बिगोबराबर धरौटी दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुट्कारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए। जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो।

    सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामुहिक बिगो कागम गरेर अभियोग पत्र दायर गरिएको छ। तर रविले त्यसको चार भाग मध्ये आफ्नो भागको एक भाग बराबर बिगो दाखिला गरेको कागजात पनि पेस गरेका थिए।

    रविले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेश गरेका थिए। जिल्ला अदालतले भने उनको भागमा कति बिगो कायम हुने भन्ने नै एकीन नभएकाले रिहा गर्न नमिल्ने आदेश गरेको थियो।



    फास्ट न्युज    
  • २०८२ भाद्र ९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार