logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • उत्तराखण्डमा बेपत्ता नागरिकको खोजी तथा उद्धारमा तत्काल पहल गर्न सांसदहरूकाे माग

    1.5KShares
    उत्तराखण्डमा बेपत्ता नागरिकको खोजी तथा उद्धारमा तत्काल पहल गर्न सांसदहरूकाे माग

    काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले भारतको उत्तराखण्डमा बेपत्ता नेपाली नागरिकको खोजी तथा उद्धार कार्यमा तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    सांसद मायाप्रसाद शर्माले बाढीमा परेर नेपाली नागरिक बेपत्ता भएको जानकारी गराउँदै खोजी तथा उद्धारको पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । यही साउन २० गते उत्तरकाशीको धराली गाँउमा आएको बाढीमा २२ नेपाली सम्पर्कविहीन भएका र त्यसमा जाजरकोट, बर्दिया, धादिङ र जुम्लाका नागरिक परेका उहाँले उल्लेख गर्नुभयो ।

    त्यस्तै सांसद मोहम्मद खालिदले पनि बेपत्ता भएका नेपाली नागरिकको खोजी गर्न आवश्यक पहलकदमी लिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    बैठकमा विशेष समयमा सांसद युवराज शर्माले राष्ट्रिय गौरवका आयोजनालाई समयमै पूरा गर्ने गरी प्रक्रिया अगाडि बढाउन माग गर्नुभयो । उहाँले मधेश सुक्खाग्रस्त क्षेत्र बन्दै गएको समयमा चुरे क्षेत्रका ढुङ्गा र गिट्टी निकासी रोक्नुपर्नेमा जोड दिनुभयो ।



    फास्ट न्युज    
  • २०८२ श्रावण २३, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट