logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • गायक पशुपति शर्मा सवार कार दुर्घटना

    1.3KShares
    गायक पशुपति शर्मा सवार कार दुर्घटना

    काठमाडौं । गायक पशुपति शर्मा सवार कार दुर्घटना भएको छ । बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कार दुर्घटना भएको हो ।

    दुर्घटनामा गायक शर्माको देब्रे हातमा चोट लागेको छ। कारमा सवार अन्य पनि सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ। उनका अनुसार पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किएको थियो ।

    गायक शर्मा सांगीतिक कार्यक्रमको लागि स्याङ्जा पुगेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।



    फास्ट न्युज    
  • २०८२ श्रावण २१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट