logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • अनसन नतोड्ने अडानमा दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाका मेयर भट्टराई 

    1.3KShares
    अनसन नतोड्ने अडानमा दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाका मेयर भट्टराई 

    काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि अनसनरत् दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाका मेयर तिर्थराज भट्टराई अहिले वीर अस्पतालमा उपचाररत छन् । उनलाई प्रेसर लो, सुगर लो र चक्कर आउनेजस्ता समस्या देखिएको छ । हिजो राति साढे ११ बजे भट्टराईलाई अस्पताल भर्ना गरिएको थियो ।

    गत साउन ११ गतेदेखि सात बुँदे माग राखेर माइतीघर मण्डलामा अनसन सुरू गरेका भट्टराईले माग पूरा गर्नुपर्ने तीन दिनको अल्टिमेटम दिएका थिए । तर, तीन दिनमा पनि माग पूरा नभएपछि हिजोबाट भने आमरण अनसन सुरु गरेका थिए ।

    आमरण अनसन सुरू भएपछि उनको स्वास्थ्यमा समस्या आएको हो । हिजो राति अस्पताल भर्ना भएका भट्टराईले बिहानैबाट डक्टरहरुलाई डिस्चार्ज गरिदिन माग गरेका थिए । आफू माइतीघरमै आमरण अनसन बस्ने भन्ने माग डक्टरहरूसँग गरे पनि उनलाई डाक्टरहरूले डिस्चार्ज दिन मानेनन् । स्वास्थ्यमा गम्भीर समस्या देखापर्न सक्ने भन्दै डाक्टरले डिस्चार्ज दिन नमानेपछि भट्टराई समर्थकहरूले अस्पतालमै विरोध जनाएका थिए ।

    अहिले भने स्वाथ्यको जिम्मा आफैँले लिने गरी कागज गरिसकिएको भट्टराईका एक सहयोगीले बताए । उनले भने, ‘अहिले कागज भइसकेको छ । उहाँलाई हाम्रै जिम्मामा माइतीघर लैजाने भन्ने कागज भइसकेको छ ।’
    केही समय पहिला मानवअधिकारकर्मीहरू पनि भट्टराईलाई भेट्न अस्पताल पुगेका थिए । अहिले स्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि अस्पताल गएर भट्टराईलाई भेट्दैछन् । यदि स्वास्थ्यमन्त्री पौडेलले भट्टराईका मागहरु पूरा गर्ने प्रतिबद्धता जनाए भने अस्पतालबाटै पनि अनसन तोडिनसक्ने ती सहयोगीले बताए । उनले भने, ‘यति निचोडमा पुगिएन भने माइतीघमै अनिश्चितकालीन आमरण अनसनले निरन्तरता पाउँछ ।’

    आफूले सरोकारवाला निकायमा दर्जनौंपटक ज्ञापनपत्र बुझाए पनि माग पूरा नभएपछि आमरण अनसन बस्न बाध्य हुनु परेको भट्टराईको भनाइ छ ।



    फास्ट न्युज    
  • २०८२ श्रावण १५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट