logo

२०८३ बैशाख १७ बिहीबार

logo
  • २०८३ बैशाख १७ बिहीबार
  • रुकुममा जंगली च्याउ खाँदा बालकको मृत्यु, ३ जनाको अवस्था गम्भीर

    1.3KShares
    रुकुममा जंगली च्याउ खाँदा बालकको मृत्यु, ३ जनाको अवस्था गम्भीर

    काठमाण्डाै । जंगली च्याउ खाँदा एक बालकको मृत्यु भएकाे छ। रुकुम–पूर्वको भूमे गाउँपालिका–५ सेराबाङमा जंगली च्याउ खाँदा एकै परिवारका चारजना बिरामी परेका थिए । बिरामीमध्ये एक ३ वर्षीय बालकको मृत्यु भएको छ भने तीनजनाको अवस्था गम्भीर छ।

    साउन २ गते स्थानिय रामकुमारी सुनार र उनका छोराछोरीहरूले जंगलबाट टिपेर ल्याएको च्याउ खाएका थिए। त्यसपछि उनीहरूमा स्वास्थ्य समस्या देखिन थालेको थियो। तीन दिनपछि साउन ५ मा उनीहरूलाई उपचारका लागि रुकुम–पूर्व अस्पतालमा ल्याइएको थियो।

    अस्पतालमा उपचार गर्दा पनि सुधार नदेखिएपछि, साउन ६ मा रामकुमारी सुनार, उनकी ६ वर्षीया छोरी भाग्य रेखा विक र ३ वर्षीय छोरा योजन विकलाई थप उपचारका लागि एम्बुलेन्समार्फत सल्यान अस्पताल लगिएको थियो।
    तर, सल्यान अस्पतालमा उपचारको क्रममा योजन विकको मंगलबार दिउँसो ३ बजेतिर निधन भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक ९डीएसपी० उमाशंकरप्रसाद यादवले बताए। रामकुमारी सुनार र भाग्य रेखा विकको अवस्था पनि गम्भीर भएकाले उनीहरूलाई थप उपचारका लागि दाङ रिफर गरिएको डीएसपी यादवको भनाइ छ। ९ वर्षीया आयुषा विकलाई भने परिवारले जिल्ला अस्पताल रुकुम -पूर्वबाट जिल्ला अस्पताल रुकुम – पश्चिम सल्ले लगेको र उनको अवस्था भने सामान्य रहेको छ।



    फास्ट न्युज    
  • २०८२ श्रावण ७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट