logo

२०८३ असार ७ आईतवार

logo
  • २०८३ असार ७ आईतवार
  • एमाले केन्द्रीय कमिटी बैठक बस्दै

    1.1KShares
    एमाले केन्द्रीय कमिटी बैठक बस्दै

    काठमाडौं।नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक सोमबार बस्दैछ।एमाले केन्द्रीय कमिटीको बैठक बिहान ११ बजे ललितपुरस्थित पार्टी मुख्यालय बस्ने केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए। आज बस्ने बैठकमा भदौको २० देखि २२ गतेसम्म हुने विधान दोस्रो महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजहरू प्रस्तुत हुनेछ।

    अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। महासचिव शंकर पोखरेलले सांगठिनक प्रतिवेदन र उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्दैछन्।

    गत शनिबार सकिएको पोलिटब्युरो बैठकले सचिवालयका तर्फबाट प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव सुझावसहित पारित गरेको थियो।

    पोलिटब्युरोले पारित गरेको विधानमा कार्यकारी कमिटीमा ७० वर्षे उमेरहद, लगातार दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा उम्मेदवार बन्ने प्रावधान राखिएको छैन। त्यस्तै १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी रहने प्रबन्ध गरिएको छ।



    फास्ट न्युज    
  • २०८२ श्रावण ५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट