logo

२०८३ जेष्ठ २५ सोमबार

logo
  • २०८३ जेष्ठ २५ सोमबार
  • कानून व्यवसायीको संगठन पीपीएलएको अध्यक्षमा अमर थापाकाे जित

    1.3KShares
    कानून व्यवसायीको संगठन पीपीएलएको अध्यक्षमा अमर थापाकाे जित

    काठमाडौं । नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनको अध्यक्षमा वरिष्ठ अधिवक्ता अमर थापा विजयी भएका छन् । उनले २५६ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी संस्थापनका उम्मेदवार ओमप्रसाद थपलियाले २१३ मत ल्याए ।

    यस्तै खुला उपाध्यक्षमा भिमसेन बन्जरा निर्विरोध निर्वाचित भए । महिला उपाध्यक्षमा ३०५ मतसहित यसोदा देवी खरेल विजयी हुँदा हिमा देवी बस्नेतले १५२ मत ल्याइन् । महासचिवमा भुवन प्रसाद निरौला १६३ मत ल्याएर विजयी भए । चूडामणि पौडेलले ७४ मत ल्याए शिव अर्यालले ११६ देवी प्रसाद भट्टराईले ८३ शान्तिराम खतिवडाले २७ मत ल्याए ।

    त्यसैगरी उपमहासचिवमा बाबुराम राई २१७ मतका साथ विजयी हुँदा बालकृष्ण आचार्यले १२१ र सहकुल खत्रीले ११८ मत पाए । सचिवमा युवक कुमार गौतम १३९ र मुकुन्द प्रसाद अधिकारी १३१ मतका साथ विजयी भए ।

    अधिकारी र हरिप्रसाद मैनालीको समान १३१ मत आएको भएपनि गोलाबाट अधिकारी विजयी भएका हुन् । सचिवमा अनिता गुरुङ २२७ मतका साथ विजयी हुँदा राधिका खतिवडाले २२२ मत पाइन् ।



    फास्ट न्युज    
  • २०८२ असार २, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट