logo

२०८२ फाल्गुन २६ मंगलवार

logo
  • २०८२ फाल्गुन २६ मंगलवार
  • अनेरास्ववियुको अध्यक्षमा सुजन कडरिया निर्वाचित, जित-हारकाे फरक ७ मत

    961Shares
    अनेरास्ववियुको अध्यक्षमा सुजन कडरिया निर्वाचित, जित-हारकाे फरक ७ मत

    काठमाडौं । अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै कडरिया निर्वाचित भएका हुन् । कडरियाले ७३२ मत ल्याएर अध्यक्ष जित्दा पौडेलले ७२५ मत ल्याए ।

    मतगणनाका क्रममा उनीहरूबीच कडा प्रतिस्पर्धा भएको थियो । कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार विद्युतीय मतदान भएको थियो । दुवै जना प्यानल सहित मैदानमा उत्रिएका थिए । कडरियाको प्यानल अध्यक्ष मण्डलकै तर्फबाट प्रस्ताव भएको थियो ।

    पौडेलले भने अध्यक्ष मण्डलको प्रस्तावप्रति असहमतहरूलाई समेटेर प्यानल बनाएका थिए । त्यस्तै, महासचिवमा दीपक धामी निर्वाचित भएका छन् । उनी पनि कडरियाकै प्यानलबाट महासचिवका उम्मेदवार थिए । पौडेलको प्यानलबाट महासचिवका उम्मेदवार आरके रोमस पराजित भएका छन् ।

    पदाधिकारीहरूः
    अध्यक्ष: सुजन कडरिया
    उपाध्यक्ष : अञ्जना सिवाकोटी, विकास श्रेष्ठ
    महासचिव : दिपक धामि
    उपमहासचिव: कमल जोशी
    सचिव : आकाश घर्ती
    सचिव: रचना सापकोटा
    सचिव : समिम बाबु
    सचिव : गोपाल नेपाल
    आयोग अध्यक्ष :प्रकाश बिष्ट , सुमन घिमिरे , जित प्रसाद सिटौला



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ३०, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट