काठमाडौं।पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रुवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
आज विहान त्रिनेत्र पेट्रोल पम्प अगाडि प्र–१–०२–००१ ख ९१६२ नम्बरको बस डिभाइडरमा ठोकिएर पल्टिँदा बसमा सवार ३९ जना मध्ये १५ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ।घाइतेमध्ये चार जनाको पुरानो मेडिकल कलेज र अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ।
घाइते सबैको अवस्था खतरामुक्त रहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया