logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • वामपन्थी नेता एवम् पूर्वमन्त्री प्रदीप नेपालको निधन

    979Shares
    वामपन्थी नेता एवम् पूर्वमन्त्री प्रदीप नेपालको  निधन

    काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको ७१ वर्षको उमेरमा निधन भएको छ । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो नेता नेपालको निधन भएको अस्पताल उच्च स्रोतले जनाएको छ । अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत नेपालको केही समयअघि निधन भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

    उनी केही दिनदेखि अस्पताल भर्ना भए पनि सोमबार आईसीयूमा सारिएको थियो । उनी लामो समयदेखि पार्किन्सन्स रोगबाट ग्रसित थिए । पछिल्लो समय पार्किन्सन्ससँगै निमोनिया पनि देखिएको थियो ।

    उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्रीसमेत बनेका थिए । पछिल्ला वर्षमा भने उनी राजनीतिमा सक्रिय थिएनन् । नेपाल साहित्यकारसमेत हुन् । नेपाली साहित्यिक क्षेत्रमा उनी सञ्जय थापाका नामले परिचित छन् । उनले एक दर्जनभन्दा बढी उपन्यास लेखेका छन् । एमाले महासचिव मदन भण्डारीबारे नेपालले‘बर्बरिक’ उपन्यास लेखेका छन् ।

    त्यस्तै ‘एक्काइसौँ शताब्दीकी सुम्निमा’, ‘बाघमारेको लालसलाम’, ‘देशको खोजी’, ‘पाइला छाडेर अस्ताएको घाम’, ‘आमाको मन’, ‘सञ्जय थापाका कथाहरूु, ‘जननी जन्मभूमिश्च’, ‘फेवाको सुस्केरा’, ‘देउमाईको किनारमा’लगायतका कृति प्रकाशित छन् ।



    फास्ट न्युज    
  • २०८२ बैशाख २३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट