logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • थाइ नेपाली संघ फुकेट शाखाद्वारा ६ दिने ओशो ध्यान शिविरको आयोजना

    949Shares
    थाइ नेपाली संघ फुकेट शाखाद्वारा ६ दिने ओशो ध्यान शिविरको आयोजना

    काठमाडौं । थाइ नेपाली संघ फुकेट शाखाले ६ दिने ओशो ध्यान शिविरको आयोजना गरेको छ । बर्मा, थाइल्याण्ड, नेपाल, अष्ट्रेलिया, भारतलगायत देशका दुईसय जना सहभागी हुने शिविरमा स्वामी आनन्द अरुणलगायत गुरुले प्रशिक्षण दिनेछन् ।

    बिहीबार आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि स्वामी आनन्द अरुण, थाइ नेपाली संघका अध्यक्ष लक्ष्मण केसी, थाइ नेपाली संघको पूर्वअध्यक्ष, संरक्षक एवम् समाजसेवी कुमार कार्की, फुकेट शाखाका अध्यक्ष जगन्नाथ निरौला, थाई नेपाली संघ युवा विभागका प्रमुख एवम् ध्यान शिविर आयोजना प्रमुख रामजी पौडेल लगायतले बोल्नु भएको थियो । थाइल्याण्डमा पटकपटक ध्यान शिविर आयोजना भएको छ । तर स्वामी आनन्द अरुण सहभागी भएर प्रशिक्षण दिइने पहिलो पटक हो ।

    शिविरमा सहभागीहरुको दुःख बुझेर त्यो दुःख कसरी निवारण गर्न सकिन्छ भन्ने विषय अभ्यास गराइने छ । यस्तै मुलाधार चक्रमार्फत योग के हो र यसको प्रयोग कसरी गर्ने पनि सिकाइने बुझिएको छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट