logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • सिंहदरबारस्थित राज्य व्यवस्था अगाडि कर्मचारीकाे धर्ना

    964Shares
    सिंहदरबारस्थित राज्य व्यवस्था अगाडि कर्मचारीकाे धर्ना

    काठमाडौं । निजामती कर्मचारीहरूले सिंहदरबारस्थित राज्य व्यवस्था समिति बैठक कक्षको अगाडि धर्ना दिएका छन् । संयुक्त ट्रेड युनियनको नेतृत्वमा कर्मचारीहरूले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नुअघि धर्ना दिएका हुन् ।

    २०८१ चैतको अन्तिम दिन आन्दोलनको चेतावनी दिएका कर्मचारीहरुले बिहीबार मात्रै विरोधका कार्यक्रम घोषणा गरेका थिए । जसअन्तर्गत आज संघीय मामिलामन्त्री, कानूनमन्त्री र मुख्यसचिवलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो । ज्ञापनपत्र बुझाउनुअघि कर्मचारीहरूले धर्ना दिएका हुन् ।

    कर्चारीहरूले आगामी सोमबार सभामुखलाई तथा विभागीयले सचिव तथा जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने, यही वैशाख १० गते बुधबार आन्दोलन परिचालन समिति घोषणा गर्ने र १२ गते शुक्रबार संसद सचिवालय अगाडि भेला आयोजना गर्ने निर्णय गरेका छन् ।

    कर्मचारी संगठनहरुले यसअघि भएका सहमति, सम्झौता र अदालतले दिएको आदेशलाई समेत समेटेर तत्काल संघीय निजामती ऐन जारी गर्न माग गरेका छन् ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट