logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइनबाट सुरू

    952Shares
    त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइनबाट सुरू

    काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइनबाट प्रदान गर्ने भएको छ । गएको वर्षदेखि नै अनलाइन सेवा सञ्चालन गरिएकोमा प्राविधिक कारणले निरन्तरता दिन नसके पनि आजदेखि यो सेवालाई निरन्तरता दिइएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

    कार्यालयले सूचना निकालेर आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनको लागि अनलाइन सेवा सञ्चालन हुने जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयले दिने अरु सेवाहरु पनि आउँदो जेठ १५ गतेदेखि अनलाइनबाटै सञ्चालन हुने सूचनामा उल्लेख छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख २, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट