logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • देश विकास राजाको पालामा मात्र भएको ज्ञानेन्द्र शाहीको दाबी

    994Shares
    देश विकास राजाको पालामा मात्र भएको ज्ञानेन्द्र शाहीको दाबी

    काठमाडौँ |राप्रपाका नेता ज्ञानेन्द्रबहादुर शाहीले  प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपतिका ठाउँमा राजा राख्दैनन् भने कर नतिर्न र रेमिट्यान्स नपठाउन तयार रहन उनले समर्थकहरूलाई आग्रह गरेका छन्।मंगलबार राप्रपाको खबरदारी सभा सम्बोधन गर्दै उनले नेताका छोराछोरी युरोप अमेरिका पढ्न पठाउने अनि जनताका छोराछोरी त्रिभुवन विश्वविद्यालयमा ढुङगा हान्न लगाउने लगाएको भन्दै शीर्ष नेताहरुमाथि प्रश्न समेत गरे ।

    उनले जडिबुटी प्रशोधन केन्द्रमा माओवादी केन्द्रका कार्यकर्ताहरूले आगो लगाएको आरोप लगाएका छन्।शाहीले भने, ‘राजावादीले हिंसा गरे रे, अहिले प्रमाणित भयो–जडिबुटीमा आगो लगाउने माओवादीको कार्यकर्ता भएको आज पुष्टि भएको छ ।’

    अहिलेका गणतान्त्रिक दलहरू एकपछि अर्को काण्डमा पर्दै गएको उनको आरोप छ। ‘काण्डमा पर्दै गएकाहरू एक दिन जेल जाने छन्। प्रदर्शन गरेकै आधारमा हाम्रा नेतालाई थुनिएको छ। हामी यो व्यवस्था पल्टाएर छाड्ने छौं,’ उनले भने।सांसद शाहीले थप भने ‘देशमा एउटा अस्पताल छैन् । एउटा विद्यालय बनाउनु छैन् । एउटा उद्योग कलकारखाना बनाउनु छैन् । पार्टीको कार्यकता पाल्ने, देश लुट्ने, आफ्ना छोराछोरी विदेश पठाउने जनताका छोराछोरी त्रिभुवन विश्वविद्यालयमा ढुङगा हान्न लगाउने ? त्यसका विरुद्ध आजको आन्दोलन हो ।’

    शाहीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपतिका ठाउँमा राजा राख्दैनन् भने कर नतिर्न र रेमिट्यान्स नपठाउन तयार रहन उनले समर्थकहरूलाई आग्रह समेत गरे ।उनले हालको व्यवस्थाले लुटेरा मात्र जन्माएको आरोप लगाउन भ्याए । उनले भने,‘यो १६ वर्षमा १४ वटा सरकार फेरे । १ हजार मान्छे मन्त्री भए । करिब ३ हजार सांसद् भए । ३१ वटा प्रदेश प्रमुख भए, मुख्यमन्त्री भए । ३० वटा प्रदेश प्रमुख, तीन जना राष्ट्रपति, तीन जना उपराष्ट्रपति अनि गाउँ गाउँमा छोटे राजा बनाएर देश लुट्ने ?’



    फास्ट न्युज    
  • २०८१ चैत्र २६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट