logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • नेपाल बारको मतगणना जारी,अध्यक्षमा मिश्र अगाडि

    892Shares
    नेपाल बारको मतगणना जारी,अध्यक्षमा मिश्र अगाडि

    काठमाडौं । नेपाल बार एशोसियसनको निर्वाचनको मतगणना जारी छ ।जारी मतगणना अनुसार अध्यक्ष पदका उमेदवार विजयप्रसाद मिश्र ७६२ मतसहित अगाडि छन् । उनका प्रत्याशी रमनकुमार श्रेष्ठले ४५९ मतका साथ पछ्याइरहेका छन् ।
    यसैगरीमहासचिवमा केदारप्रसाद कोइराला ७६८ मतका साथ अगाडि छन् । यज्ञमणि न्यौपानेले ३९४ मत ल्याएका छन् ।काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचनअन्तर्गत मतगणना जारी छ ।

    पछिल्लो मत परिणामानुसार, अध्यक्ष पदका उमेदवार विजयप्रसाद मिश्र ७६२ मतसहित अगाडि छन् । उनका प्रत्याशी रमनकुमार श्रेष्ठले ४५९ मतका साथ पछ्याइरहेका निर्वाचन अधिकृत तेजप्रसाद धमलाले जानकारी दिए ।अध्यक्षका अर्का उमेदवार राजु कैदीले पाँच, उज्वल घिमिरेले दुई र आशीष पौडेलले ६ मत पाएका छन् ।

    यस्तै, महासचिवमा केदारप्रसाद कोइराला अगाडि छन् । उनले ७६८ मत पाएका छन् । यज्ञमणि न्यौपानेले ३९४ मत ल्याएका छन् । हरिशंकर कार्कीले २८ मत पाएका छन् ।

    कोषाध्यक्षमा जगतबहादुर कार्कीले ७९६, दीपक राईले ३५९ ल्याएका छन् ।
    गत शनिबार काठमाडौं उपत्यका सहित देशका ३३ मतदान केन्द्रमा निर्वाचन भएको हो ।



    फास्ट न्युज    
  • २०८१ चैत्र २६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट