logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • रवीन्द्र मिश्रलाई म्याद थपका लागि अदालत लगियो

    1KShares
    रवीन्द्र मिश्रलाई म्याद थपका लागि अदालत लगियो

    काठमाडौं । तीनकुने घटनामाथि अनुसन्धान गरिरहेको प्रहरीले राप्रपा नेता रवीन्द्र मिश्र, सांसद धवलशमशेर जबरा लगायत ११ जनालाई राज्यविरुद्धको अपराधको आरोपमा थुनामा राख्ने अनुमतिका लागि जिल्ला अदालतमा पेस गरेको छ ।

    तीनकुनेमा राजावादी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटका घटनामा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र र धवल शमशेर जबरालगायतलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको हो ।

    त्यसअघि उनीहरूलाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको थियो । म्याद थपको प्रक्रिया पु¥याएपछि जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

    धवलशम्शेर राणाबाहेक सबैलाई हत्कडी लगाइएको थियो । रवीन्द्र मिश्रलाई पक्राउ परेका अर्का एकजनासँग साझेदारीमा हत्कडीले बाँधिएको थियो ।

    उनीहरुलाई सरकारी वकिलको कार्यालय लगिएको थियो । त्यसपछि अदालत उपस्थित गराइएको हो ।



    फास्ट न्युज    
  • २०८१ चैत्र १७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट