logo

२०८३ जेष्ठ १९ मंगलवार

logo
  • २०८३ जेष्ठ १९ मंगलवार
  • कांग्रेस महामन्त्री शर्माले भने- तोडफोड र आगजनीको जिम्मा ज्ञानेन्द्रले लिनुपर्छ

    958Shares
    कांग्रेस महामन्त्री शर्माले भने- तोडफोड र आगजनीको जिम्मा ज्ञानेन्द्रले लिनुपर्छ

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादीको प्रदर्शनमा भएका घटनाको नैतिक जिम्मेवारी पूर्वराजाले लिनुपर्ने बताएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै शुक्रबारको घटनामा पूणरुपमा पूर्वराजा ज्ञानेन्द्र शाह दोषी रहेको भन्दै सम्पूर्ण घटनाको जिम्मेवारी पूर्वराजाले नै लिनुपर्ने बताएका हुन् ।

    पूर्वराजालाई संविधानले नागरिकलाई दिएको हक अधिकारभन्दा बढी दिएर राखेको भन्दै उनले यसलाई सम्मान गर्न नसकेको तर्क गरे । शर्माले जसको उक्साहटमा घटना भएको छ, त्यहीअनुसार छानबिन हुनुपर्नेमा कांग्रेसको जोड रहेको बताए ।

    उनले मुलुकमा भएका घटनाका विषयमा सदनमा कुरा राख्न नपाउने अवस्था सिर्जना भएको र यसमा सिंगो संसद नै दोषी भएको धारणा राखे । प्रधानमन्त्रीले सदनमा जवाफ दिने भनिसक्दा पनि अहिलेको अवस्थामा सदन अवरुद्ध गर्नु उचित नभएको उनको भनाइ छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र १७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट