logo

२०८३ जेष्ठ २५ सोमबार

logo
  • २०८३ जेष्ठ २५ सोमबार
  • साफ १९ वर्षमुनिको प्रतियोगिताका लागि बन्द प्रशिक्षणबाट १६ खेलाडी बाहिरिए

    985Shares
    साफ १९ वर्षमुनिको प्रतियोगिताका लागि बन्द प्रशिक्षणबाट १६ खेलाडी बाहिरिए

    काठमाण्डौ । साफ १९ वर्षमुनिको प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट १६ खेलाडी बाहिरिएका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले साफ यु–१९ च्याम्पियनशिपको बन्द प्रशिक्षणमा रहेका खेलाडीको सङ्ख्या ४२ मा झारेका हुन् ।

    अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रतियोगिताका लागि आफ्नै हेडक्वार्टरमा बन्द प्रशिक्षण राखेको छ । तीन दिनको छनोटपश्चात् खेलाडीको सङ्ख्या ५८ बाट ४२ मा झारिएको हो ।

    दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने प्रतियोगिता ९ देखि १८ ‘मे’ सम्म भारतको अरुणाञ्चल प्रदेशको गोल्डेन जुब्ली रङ्गशालामा हुने तय गरिएको छ ।

    नेपालले श्रीलङ्कासँग ‘मे’ ११ मा खेल्दै प्रतियोगिताको शुरुआत गर्दैछ । त्यसको दुई दिनपछि नेपालले घरेलु टोली भारतको सामना गर्नेछ । समूह ‘ए’ मा नेपाल र भारतसहित श्रीलङ्का छ । अर्को समूहमा बङ्गलादेश, माल्दिभ्स र भुटान छन् । प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्स र बङ्गलादेश खेल्दैछन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।



    फास्ट न्युज    
  • २०८१ चैत्र १४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट