विराटनगर। प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको उपस्थितिमा मङ्गलबार पूर्वाञ्चल विश्वविद्यालयको १३ औँ दीक्षान्त समारोह सम्पन्न भएको छ । दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित भएका छन् ।
दीक्षित हुनेमा कला सङ्कायका २०४, कानुनका ४०७, शिक्षाशास्त्र सङ्कायका ९०६,व्यवस्थापन सङ्कायका दुई हजार २४९, चिकित्साशास्त्र सङ्कायका दुई हजार १९८, विज्ञान तथा प्रविधि सङ्कायका ६५४ तथा इन्जिनियरिङ सङ्कायका एक हजार ४४२ विद्यार्थी रहेका छन् । प्रधानमन्त्री ओली दीक्षान्त समारोहका कार्यक्रम सकेर अहिले कोशी प्रदेशसभामा सम्बोधन गरिरहनुभएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया