logo

२०८३ असार ८ सोमबार

logo
  • २०८३ असार ८ सोमबार
  • अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने प्रहरी फन्दामा

    961Shares
    अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने प्रहरी फन्दामा

    काठमाडौं, फागुन ६ गते । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर वेलका नगरपालिका–४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बस्ने ३२ वर्षीया शर्मिला बिष्ट रहेका छन् ।

    शर्मिलाले अमेरिका पठाइदिन्छु भन्दै एक जनासँग चार लाख ५० हजार रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई सोमबार काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।

    उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा उल्लेख छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन ६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट