logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • राप्रपाले सभा गर्ने

    880Shares
    राप्रपाले सभा गर्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुटवल र धनगढीमा सभा गर्ने भएको छ ।
    राप्रपाको केन्द्रीय कार्यसमितिको हालै सम्पन्न बैठकले माघ र फागुन महिनामा देशका विभिन्न सहरमा साना ठूला सभाहरू गर्ने र चैतमा काठमाडौंकेन्द्रित आन्दोलन गर्ने निर्णय गरेको थियो।
    माघ महिनामा संगठन सुदृढीकरण र साना सभाहरू भएको राप्रपाले बताएको छ।
    फागुन ९ गते गण्डकी प्रदेशको पोखराको चिप्लेढुंगामा, फागुन १५ गते लुम्बिनी प्रदेशको बुटवलमा र फागुन १८ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा सभा हुने राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए।

    पोखरा, बुटवल र धनगढीमा हुने सभालाई अध्यक्ष राजेन्द्र लिङ्देन लगायत पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्नेछन्।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन ४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार