logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • गिरीबन्धु विषयमा ओलीविरुद्ध परेको मुद्दामा अदालतले सही फैसला सुनाउनेमा विश्वस्त छु: प्रचण्ड

    874Shares
    गिरीबन्धु विषयमा ओलीविरुद्ध परेको मुद्दामा अदालतले सही फैसला सुनाउनेमा विश्वस्त छु: प्रचण्ड

    सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरीबन्धु टी-स्टेट सम्बन्धी विषयमा प्रधानमन्त्री केपी ओलीविरुद्ध परेको अवहेलना मुद्दामा अदालतले सही फैसला सुनाउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

    मंगलबार सुर्खेत आएका अध्यक्ष प्रचण्डले पत्रकाहरूसँग कुराकानी गर्दै नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्नेबारे कुराकानी भइरहेको बताएका हुन्।

    प्रचण्डले माओवादीको ध्यान अहिले सरकारतिर नरहेको बताउँदै भने, ‘जति चलोस् चलोस् हामीलाई टेन्सन छैन। तर यो सरकार अपारदर्शी र भ्रष्टाचारीलाई बचाउनका लागि बनेको हो । यो भ्रष्टहरूको सरकार हो । उनीहरूले गलत गरे हेरेर त बस्दैनौँ ।’

    उनले एमाले अध्यक्ष तथा प्धानमन्त्री केपी ओली जाली झेली, बेइमानी भएको समेत बताए ।



    फास्ट न्युज    
  • २०८१ माघ २९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार