सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरीबन्धु टी-स्टेट सम्बन्धी विषयमा प्रधानमन्त्री केपी ओलीविरुद्ध परेको अवहेलना मुद्दामा अदालतले सही फैसला सुनाउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
मंगलबार सुर्खेत आएका अध्यक्ष प्रचण्डले पत्रकाहरूसँग कुराकानी गर्दै नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्नेबारे कुराकानी भइरहेको बताएका हुन्।
प्रचण्डले माओवादीको ध्यान अहिले सरकारतिर नरहेको बताउँदै भने, ‘जति चलोस् चलोस् हामीलाई टेन्सन छैन। तर यो सरकार अपारदर्शी र भ्रष्टाचारीलाई बचाउनका लागि बनेको हो । यो भ्रष्टहरूको सरकार हो । उनीहरूले गलत गरे हेरेर त बस्दैनौँ ।’
उनले एमाले अध्यक्ष तथा प्धानमन्त्री केपी ओली जाली झेली, बेइमानी भएको समेत बताए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया