logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • विपीन जोशीको रिहाइका लागि अरब संसद्का अध्यक्षलाई सभामुख घिमिरेकाे पत्र

    892Shares
    विपीन जोशीको रिहाइका लागि अरब संसद्का अध्यक्षलाई सभामुख घिमिरेकाे पत्र

    काठमाण्डाै। सभामुख देवराज घिमिरेले प्यालेस्टिनी विद्रोही समूह हमासबाट अपहरित नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गर्न अरब संसद्का अध्यक्षलाई पत्र पठाउनुभएको छ । अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई पत्र लेख्दै सभामुख घिमिरेले विपीनको सकुशल रिहाइका निम्ति पहल गरिदिन आग्रह गर्नुभएको हो । नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले गएको आइतवार सभामुखसँगको भेटमा विपीनको रिहाइका लागि संसदीय कूटनीतिसमेत प्रयोग गर्न सकिने सुझाव दिनुभएको थियो ।

    यसैबीच परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जोशीको रिहाइका लागि पहल गर्न इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोन संवाद गर्नुभएको छ । इजरायल र हमास लडाकू समूहबीच पछिल्लो पटक युद्धविराम भएपछि बन्धकलाई मुक्त गर्ने प्रक्रिया चलिरहेको छ । कञ्चनपुरका विपीनको रिहाइका लागि नेपाल सरकारले गएको वर्षदेखि नै कूटनीतिक प्रयास गर्दै आएको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ २५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट