logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • काठमाण्डौको कमलपोखरीमा शानदार म:ममा ग्यास सिलिण्डर विस्फोट

    880Shares
    काठमाण्डौको कमलपोखरीमा शानदार म:ममा ग्यास सिलिण्डर विस्फोट

    काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । आज बिहान पौने ९ बजेको समयमा  विष्फोट हुँदा १४ जना घाइते भएका छन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन् ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता  प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार त्यहाँस्थित सानदार म:म पसलमा ग्याँस सिलिण्डर पड्किएको हो । घाइते हुनेहरु पनि सोही पसलका कामदार रहेको उनले बताए ।

    उनीहरुको कीर्तिपुरमा रहेको वर्न अस्पतालमा उपचार भइरहेको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक, एसएसपी शेखर खनालले बताए ।

     



    फास्ट न्युज    
  • २०८१ माघ २४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट