काठमाडौं । सत्ता पक्षका राजनीतिक दलहरूको बैठक सोमबार बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठक सोमबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बोलाइएको छ ।
माघ १८ गतेबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदै गर्दा यो बैठक बोलाइएको हो ।
बैठकमा आसन्न हिउँदे अधिवेशन,अधिवेशनमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीबारे छलफल हुनेछ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया