logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • रविलाई धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश

    907Shares
    रविलाई धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश

    काठमाडौं । सहकारी ठगी प्रकरणको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बुधबार सो आदेश दिएको हो ।थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएकाे अदालत स्राेतले जनाएकाे छ ।

    सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए । कास्की जिल्ला अदालतको आदेशपछि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने गरी परिवारको जिम्मा लगाएको थियो भने रवि आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।

    काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।

    यसअघि जिल्ला अदालत कास्कीले पनि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गरेको थियो ।

    आदेश –



    फास्ट न्युज    
  • २०८१ माघ २, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार