logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • खोटाङमा राष्ट्रिय लोकतान्त्रिक अपांग संघको अधिवेशन सम्पन्न , पुष्विन बने अध्यक्ष

    928Shares
    खोटाङमा राष्ट्रिय लोकतान्त्रिक अपांग संघको अधिवेशन सम्पन्न , पुष्विन बने अध्यक्ष

    खोटाङ। राष्ट्रिय लोकतान्त्रिक अपांग संघ खोटाङको जिल्ला अधिवेशन सम्पन्न भएको छ। नेपाली कांग्रेसको भातृ संगठनको रुपमा रहेकोे संघले अधिवेशन वाट पन्ध्र सदस्यीय कार्यसमितिको छनौट गरेको छ।

    राष्ट्रिय मेलमिलाप दीवसको अवसर पारेर पुस १६ गत्ते अधिवेशनको तयारी गरिए पनि नेपाली कांग्रेसका युवा नेता गिरि परियार र पुर्व जिल्ला कार्यसमिति सदस्य निशान राई आमाको मृत्यु भएको कारण स्थगित भएको अधिवेशन आज सम्पन्न भएको नेपाली कांग्रेसका खोटाङका संगठन विभाग प्रमुख बिष्णुराज राईले वताउनु भयो।

    आज सम्पन्न अधिवेशनले पुष्विण अधिकारीको अध्यक्षतामा उपाध्यक्ष सावित्रा राई, सचिव लोकमणी श्रेष्ठ, सहसचिव मिना कार्की, कोषाध्यक्ष हरि कुमार वानिया सहित पन्ध्र जनाको कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको राईले फास्ट न्युज सेभेन डटकमलाई जानकारी दिनुभयो। नेपाली कांग्रेस खोटाङको सभापति बिष्णुकुमार राईको अध्यक्षतामा आयोजित कार्यक्रममा संघका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि वलदेव मण्डल र प्रेमगीता बस्नेतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।



    फास्ट न्युज    
  • २०८१ पुष १७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट